दफा २३
कर्मचारी तथा बजेट सम्वन्धी व्यवस्था
२३. कर्मचारी तथा बजेट सम्वन्धी व्यवस्थाः
(१) आयोगमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) आयोगको लागि आवश्यक पर्ने कर्मचारीहरु नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(३) आयोगले आवश्यक सम्झेका क्षेत्रमा अवधि किटान गरी विज्ञ व्यक्तिको सेवा लिन सक्नेछ ।
(४) आयोगको लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउनेछ ।